Logo

नेपाल लाईफ इन्स्योरेन्सको नाफा बढ्यो, अन्य सूचक कस्ता छन ?

नेपाल लाईफ इन्स्योरेन्सको नाफा बढ्यो, अन्य सूचक कस्ता छन ?



काठमाडौं । नेपाल लाईफ इस्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आउँदा कम्पनीको नाफा बढेको छ । इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ ।

यो गत वर्षको यसै अवधिको तुलनामा १२.९० प्रतिशतले धेरै हो । गत वर्ष यसले ३७ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीले लगानी तथा कर्जाबाट ७ अर्ब ४८ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको आम्दानी गत वर्षको भन्दा १४.३३ प्रतिशतले धेरै हो । गत वर्ष यसले ६ अर्ब ५४ करोड रुपैयाँ आम्दानी गरेको थियो । पुससम्ममा लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा कम्पनीको नाफा बढेको हो ।

यस कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कुल दावी भुक्तानी ६ अर्ब ९१ करोड रुपैयाँमा गरेको छ । दावी भुक्तानी गत आर्थिक वर्षको तुलनामा १८.५१ प्रतिशतले घटेको छ । गत वर्ष ८ अर्ब २८ करोड रुपैयाँ भुक्तानी गरेको थियो । हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ । यसको रिटेन अर्निङमा १ अर्ब ३ करोड रुपैयाँ छ ।

कम्पनीको जीवन बिमा कोषमा १ खर्ब ८३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । पुससम्म यसले १९ अर्ब ७१ करोड रुपैयाँ बराबरको खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा ७.१३ प्रतिशतले धेरै हो । गत वर्ष यसले १८ अर्ब ४० करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको थियो । यसको प्रतिसेयर आम्दानी बढेर १० रुपैयाँ ४२ पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ९ रुपैयाँ २३ पैसा रहेको थियो । प्रतिसेयर नेटवर्थ भने १२८ रुपैयाँ ०१ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL