Logo

अर्थमन्त्री महरा पाकिस्तान जाँदै, सार्कको आठौं अर्थमन्त्री स्तरीय कार्यक्रममा भाग लिने

अर्थमन्त्री महरा पाकिस्तान जाँदै, सार्कको आठौं अर्थमन्त्री स्तरीय कार्यक्रममा भाग लिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा सार्कको आठौं अर्थमन्त्री स्तरीय बैठकमा सहभागी हुन मंगलवार पाकिस्तान प्रस्थान गर्दै छन् । उप–प्रधानमन्त्री महरा राती साँढे नौ वजे कतार एयरवेजबाट, त्यस तर्फ प्रस्थान गर्ने बताइएको छ ।

नेपालका तर्फबाट उपप्रधानमन्त्री महराले अध्यक्ष राष्ट्रको रुपमा बैठकको अध्यक्षता गर्नेछन् । बैठकमा मुख्यतयाः सार्क क्षेत्रको आर्थिक बिकासका लागि गर्न सकिने साझेदारीका बारेमा छलफल हुनेछ । मन्त्री स्तरीय बैठक अघि भदौ ९ गते सार्कका अर्थ सचिवहरुको बैठकको कार्यक्रम छ ।

सचिव स्तरीय बैठकको भोलिपल्ट अर्थमन्त्रीहरुको बैठकको कार्यक्रम तय भएको बताइएको छ । उपप्रधानमन्त्री महरा भदौ ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । महराका साथमा मन्त्रालयका सह सचिब बैकुण्ठ अर्याल पनि पाकिस्तान जाने कार्यक्रम छ ।

यसैबिच, उपप्रधानमन्त्री महरासँग मंगलवार नेपालका लागि अमेरीकी अलेना बी. टेप्लिट्स राजदुत र सोमबार नेपालका लागि भारतिय राजदुत रञ्जित रेले सोमबार मन्त्रालयमा शिष्टाचार भेट गरी बधाइ दिए । ज्ञापन गर्नुभयो । भेटमा दुबै देशका राजदुतहरुले विगतमा भइरहेका सहयोगलाइ निरन्तरता दिने र थप सहयोगका लागि तयार रहेको जानकारी आ–आफ्नो मुलुकको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्