Logo

रिलायबल नेपाल लाइफकाे नाफा ४.९७ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी भने घट्यो

रिलायबल नेपाल लाइफकाे नाफा ४.९७ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी भने घट्यो



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्सुरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आउदा यस कम्पनीको नाफा २३ करोड ९ लाख रुपैयाँ रहेको छ । कम्पनीको नाफा गत आर्थिक वर्षको यस अवधिको भन्दा ४.९७ प्रतिशत धेरै हो । गत वर्ष यसले २२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्म आउदा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी बढेको छ । जसको कारण कम्पनीको नाफा बढेको हो । कम्पनीले लगानी तथा कर्जाबाट ६३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीके यस्तो आम्दानी गत वर्षको भन्दा ५५.१५ प्रतिशतले बढेको हो । गत वर्ष यसले ४१ करोड १९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

रिलायबले यस अवधिसम्म आउँदा १ अर्ब ७५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीको खुद बिमा शुल्क गत आर्थिक वर्षको यसै अवधिको तुलनमा १.७४ प्रतिशतले बढेको हो ।पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ छ । यता, प्रतिसेयर आम्दानी भने ४ रुपैयाँ १७ पैसाले घटेर ११ रुपैयाँ ५५ पैसामा आएको छ । यसको प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ७१ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL