Logo

सूर्यज्योति लाइफको खुद नाफा ६२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

सूर्यज्योति लाइफको खुद नाफा ६२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?



काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्म सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा ६२.९३ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै गत आवको यहि अवधिको तुलनामा खुद नाफा बढेको बताएको हो ।

यससँगै यस अवधिमा कम्पनीले २३ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्षको यसैअवधिमा कम्पनीले १४ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै चालु आवको पछिल्लो समय कम्पनीले लगानी र कर्जाबाट हुने आम्दानी बढाएसँगै खुद नाफा बढाएको हो । कम्पनीको कर्जा तथा लगानीबाट हुने आम्दानी ९४.८७ प्रतिशतले बढेर १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ भने खुद बिमा शुल्क आर्जन ६३.५९ प्रतिशतले बढेर ४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको कुल आम्दानी ७०.०१ प्रतिशत बढेर ५ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । हाल यसको चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ०२ पैसाले बढेर १० रुपैयाँ ४१ पैसा ९वार्षिक० पुगेको छ । प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ १५ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्