Logo

देउवाका छोरा जयवीरले गरे गायिका शिवानासँग विवाह, फागुन २ गते विवाह पार्टीमा राष्ट्रपति-प्रधानमन्त्रीदेखि उद्योगी व्यापारीरसम्मलाई निम्ता

देउवाका छोरा जयवीरले गरे गायिका शिवानासँग विवाह, फागुन २ गते विवाह पार्टीमा राष्ट्रपति-प्रधानमन्त्रीदेखि उद्योगी व्यापारीरसम्मलाई निम्ता



काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा वैवाहिक बन्धनमा बाँधिएका छन् । जयवीरको विवाह गायिका शिवाना श्रेष्ठसँग आइतबार भएको हो ।

उनको विवाहको विधि देउवा निवास बूढानीलकण्ठमै गरिएको छ । विवाह पार्टी भने भद्रकालीस्थित आर्मी अफिसर क्लबमा आगामी फागुन २ गते हुनेछ ।

उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसम्मलाई निम्ता गरिएको छ । यसैबीच विवाह समारोहमा आउँदा फूल माला, खादा र उपहार नल्याउन निम्तालुलाई देउवा परिवारले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL