Logo

धरहराको निःशुल्क पार्किङ बन्द गर्न पत्र, बालेनले भने-पार्किङको ठेक्का लिएर सरकारी सम्पत्ति रजाइँ गर्ने मनसाय देखियो

धरहराको निःशुल्क पार्किङ बन्द गर्न पत्र, बालेनले भने-पार्किङको ठेक्का लिएर सरकारी सम्पत्ति रजाइँ गर्ने मनसाय देखियो



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले धरहराको निःशुल्क पार्किङ बन्द नहुने चेतावनी दिएका छन् । सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले सर्वसाधारणका लागि पार्किङ खुल्ला गर्दा पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइ गर्ने मनसाय देखिएको भन्दै आफू छउञ्जेल काठमाडौं महानगरमा कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पति प्रयोग हुन नदिने चेतावनी दिए ।

उनले लेखेका छन् ‘२०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ वर्ष ९ महिना २० दिन अगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट ‘सेतो टावर’ उदघाटन भयो । सोही उदघाटनलाई काठमाडौंका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले भन्नु भएको थियो, ‘आज एक ऐतिहासिक काम सम्पन्न भएको छ, राणाकालीन अवस्थामा भएको भए केपी ओलि टावर भन्थे । ‘तर केहि दिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ‘धरहरा निर्माण हुँदैछ । पार्किङ बन्द गर्नु ।’

उदघाटन गरेको २ वर्ष ९ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो रु पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नु भएको थियो, नबनेको भए म बीसौँ तलामा कसरी पुगेँ, भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।

उनले तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाउन आवश्यक रहेको बताए । उनले भनेका छन्, ‘तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ । निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ ।’

https://www.facebook.com/balenOfficial/posts/pfbid02QEQXrrAudh8VqNsZhFaoQf4TQyK6UZtsVQFXQh6BZUF7ZXtcm5M8APvg6f5anmKql?ref=embed_post

प्रतिक्रिया दिनुहोस्
MBL