Logo

अनलाइनमार्फत सट्टेबाजी गराउने तीन भारतीय दरबारमार्गबाट पक्राउ, १ करोड रुपैयाँ बढी बरामद

अनलाइनमार्फत सट्टेबाजी गराउने तीन भारतीय दरबारमार्गबाट पक्राउ, १ करोड रुपैयाँ बढी बरामद



काठमाडौं । प्रहरीले काठमाडौँको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट १ करोड रुपैयाँ बढी रकम बराबरको विदेशी मुद्रासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक गुलाब सिंह, रिसब पावा तथा गौरब चोपडा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

उनले भने, ‘क्यासिनो प्यालेसको अण्डर ग्राउण्डमा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट रु एक करोड १ लाख २६ हजार बराबरको विदेशी मुद्रा बरामद गरिएको छ ।’ उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL