Logo

महानगरलाई तिर्दैनन् ठमेलका क्लब र दोहोरीले कर, तिर्न पत्राचार

महानगरलाई तिर्दैनन् ठमेलका क्लब र दोहोरीले कर, तिर्न पत्राचार



काठमाडौं । काठमाडौंमा संचालित क्लब, दोहोरी तथा बारहरूले काठमाडौं महानगरपालिकालाई कर नतिरेको पाईएको छ । धेरैजसो यस्तो बार र दोहोरीहरुले मनोरञ्जन कर नतिरेपछि महानगरपालिकाले यस्तो कर तिर्न पत्राचार गरेको छ ।

महानगरपालिकाले जेपी रोडको रिफ्रेस डान्स बार, क्षेत्रपाटीको नटराज डान्स बार, पकनाजोलको आरके डान्स बार, फायर चोकको कारटार क्लब, ड्रिडक होस्टन डान्स बार, होनी वी डान्स बार, नरसिंह चोकको स्कुटी क्लब, ओलो क्लब, डेला सोलबार, नमस्ते पप बार, द क्लब हाउस, घामछाया रोधी क्लब, बेबो डान्स बार, टकिला डान्स बार, क्विनमहल डान्स बार, बज्र डान्स बार, सञ्चयकोष चोकको ओमनिया क्लब, भीआइपी क्लब, नसा डान्स बार, मिडनाइट डान्स बार, ज्याठाको चाहना डान्स बार र अमृत मार्गको ड्रागन डान्स बारलाई कर तिर्न पत्राचार गरेको हो ।

यस्तै ठमेल क्षेत्रका एलओडी क्लब, क्लाइमेट क्लब, पोताला क्लब, टेनएक्स क्लब, फुलमुन क्लब, सफर क्लब, काराओके, टप राजधानी दोहोरी, मुजुरा डान्स बार, ठमेल डान्स बार, डान्सिङ याक बार, बियर बार डान्स बार, भगवती मार्गको रोज डान्स बार, स्काई डान्स बार, चाक्सीबारी मार्गको अमिर डान्स बारलाई पनि पत्राचार गरिएको महानगरले जनाएको छ ।

त्यस्तै गल्कोपाखाका गुन्यु चोली दोहोरी, अल्फाबिटा बारलाई पत्र पठाइएको छ । ठमेल क्षेत्र लक्ष्यित मनोरञ्जनात्मक व्यवसाय गर्ने साम्स बार, दुनियाँ बार, टिफिने बार र एच ट्वान्टी बार क्लब छन् ।

यी मनोरञ्जन स्थलमा प्रवेश गर्न प्रतिटिकट ५ प्रतिशत मनोरञ्जन कर लाग्छ । यो कर प्रदेश सरकार र स्थानीय सरकारको साझा अधिकार क्षेत्रमा रहेको कर शीर्षक हो ।

प्रतिक्रिया दिनुहोस्
MBL