Logo

प्रतितोला २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाले बढेको छ । बिहीबार प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढ्दै प्रतितोला १४ सय १५ रुपैयाँ पुगेको हो । बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्