काठमाडौं । नेपालबाट ३ सय २० वस्तु भारततर्फ निर्यात हुने गरेको छ । भारत निर्यात हुनेमा विशेषगरी जुस,अदुवा,ध्यु,जिउँदो जनावर, कुचोलगायत रहेका छन् ।
नेपालबाट निर्यात हुनेमा सवैभन्दा बढी वस्तु भारततर्फ गएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । त्यसो त भारत सवैभन्दा बढी वस्तु निर्यात हुने मुलुक हो ।
पछिल्लो तथ्यांक अनुसार आर्थिक बर्ष २०७२ /७३ मा नेपालबाट ३९ अर्व ५८ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ ।
जुन नेपालबाट निर्यात हुने १ सय ३७ देशमा सवैभन्दा बढी हो । भारत पछि नेपालबाट धेरै सामान निर्यात हुनेमा अमेरिका पर्छ । गत आवमा नेपालबाट अमेरिका ९ अर्व २० करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ ।
त्यस्तै जर्मनी ३ अर्व १३ करोड र युकेतर्फ २ अर्व ७८ करोडको वस्तु निर्यात भएको थियो । नेपालबाट टर्कीमा २ अर्व १३ करोड रुपैयाँको सामान निर्यात भएको छ ।
यता चीनतर्फको निर्यात भने रु.१ अर्व ७१ रुपैयाँ छ । नेपालबाट बंगलादेश १ अर्व २० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।