Logo

युरोप पठाइदिने भन्दै ६०० बढीबाट करोडौं ठगी, मेनपावरमा सेयर र हुण्डाईको क्रेटा गाडी खरिद

युरोप पठाइदिने भन्दै ६०० बढीबाट करोडौं ठगी, मेनपावरमा सेयर र हुण्डाईको क्रेटा गाडी खरिद



काठमाडौं । आकर्षक रोजगारीका लागि विदेशमा पठाइ दिने भन्दै करोडौं रुपैंयाँ ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । माल्टा, पोल्याण्ड, क्रोसिया, क्यानडालगायत विभिन्न देशमा पठाई दिने भन्दै करोडौँ ठगेको आरोपमा विकास वाइवा भन्ने सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

बालाजुमा युरो विङ्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेर ६०० भन्दा बढी व्यक्तिबाट करोडौँ रुपैयाँ लिएर ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । विकास वाइवाको नक्कली परिचय पत्र बनाएर उनी ठगीमा संलग्न भएको प्रहरीले जनाएको छ । एक जनाबाट ५० हजारदेखि ५ लाखसम्म ठगी गरेको देखिएको प्रहरीले जनाएको छ ।

बुधबार पक्राउ परेका उनलाई बिहीबार सार्वजनिक गर्दै प्रहरीले आरोपित तामाङले ठगीको रकमबाट चार करोड व्यक्तिगत ऋण तिरेको, राप्ति मेनपावर वसुन्धरामा ५० लाख बराबरको सेयर किनेको र ३५ लाखमा हुण्डाईको क्रेटा गाडी खरिद गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्