काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूलाई चुक्तापुँजी बढाउने कार्ययोजना पेस गर्न निर्देशन दिएको छ। न्यूनतम चुक्तापुँजी २० अर्ब पुर्याउने तयारी गरेको प्राधिकरणले १५ दिनभित्र कार्ययोजना पेस गर्न कम्पनीहरूलाई निर्देशन दिएको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए ।
‘पुनर्बीमा कम्पनीलाई १५ दिनभित्र पुँजी वृद्धि गर्ने योजना पेश गर्न र एक वर्षभित्र पुँजी २० अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको पौडेलले बताए । नेपालमा हाल दुईवटा पुनर्बीमा कम्पनी सञ्चालनमा रहेका छन् ।
नेपाल पुनर्बीमा कम्पनी र हिमालयन पुनर्बीमा कम्पनीले प्राधिकरणबाट अनुमति लिएर पुनर्बीमाको काम गरिरहेका छन् । यी दुवै कम्पनीलाई पुँजीवृद्धिको कार्ययोजना पेश गर्न १५ दिनको समयसीमा दिइएको हो । नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजी १२ अर्ब छ भने हिमालयन पुनर्बीमा कम्पनीको १० अर्ब रहेको छ।