Logo

साझा यातायातको सीइओ बन्न कसैले चाहना देखाएनन, आवेदनै नपरेपछि पुनः आवेदन आह्वान

साझा यातायातको सीइओ बन्न कसैले चाहना देखाएनन, आवेदनै नपरेपछि पुनः आवेदन आह्वान



काठमाडौं । साझा यातायातले प्रमुख कार्यकारी अधिकृत पदका लागि पुनः दरखास्त आह्वान गरेको छ । गत कात्तिक २५ गते माग गरेको आवेदनमा कुनै पनि आवेदन नपरेकाले रिक्त उक्त पदपूर्तिका लागि साझाले आवेदन मागेको हो ।

खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि यसअघि दरखास्त आह्वानको सूचना प्रकाशित गरिएकोमा उक्त पदका लागि तोकिएको म्यादभित्र आवश्यक दरखास्त प्राप्त नभएको भन्दै साझाले पुनः आवेदन मागेको हो । आवेदनका लागि विस्तृत विवरण साझा यातायातको अनलाइनबाट लिन सकिने सूचनामा बताएको छ ।

Stop Corruption Logo Design Template Vector

प्रतिक्रिया दिनुहोस्
MBL