Logo

क्रिप्टोकरेन्सी कारोबारको आरोपमा सात जना पक्राउ, बिटकोइनमार्फत जुवा र अवैध बाजी सञ्चालनको आरोप

क्रिप्टोकरेन्सी कारोबारको आरोपमा सात जना पक्राउ, बिटकोइनमार्फत जुवा र अवैध बाजी सञ्चालनको आरोप



काठमाडौं । क्रिप्टोकरेन्सी कारोबारको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक निर्मल थापाको टोलीले सात जनालाई पक्राउ गरेको हो ।

अवैध रूपमा क्रिप्टोकरेन्सी बिटकोइनमार्फत जुवा, मिल्किवे, गेमभल्ट, फायरकिरिन, भेगास स्विप्स, अरियन स्टार्स जस्ता खेल खेलाइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो । उक्त सूचनाको आधारमा प्रहरी निरीक्षक थापाको टोलीले अनुसन्धान गरी सात जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिराहाका मिथलेशकुमार मण्डल, मुरारी साह, आर्यन साह, अनिशकुमार रौनियार, रोशन चौधरी जैसवाल, शिवमकुमार यादव र हरिशंकर चौधरी छन् । प्रहरीले यसबारे थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL