Logo

गत आवमा १ खर्व ९४ अर्वको राजस्व संकलन, यी हुन बढी राजस्व उठाउने पाँच कार्यलय

गत आवमा १ खर्व ९४ अर्वको राजस्व संकलन, यी हुन बढी राजस्व उठाउने पाँच कार्यलय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक बर्ष २०७२/ ७३ मा १ खर्व ९४ अर्व ८८ करोड २५ लाख बराबरको राजस्व संकलन भएको छ । जुन सो आवको लक्ष्यको ९४ दशमलव ६६ प्रतिशत हो । सो आवमा २ अर्व ५ अर्व ८६ करोड ९४ लाख रुपैयाँको राजस्व उठाउने लक्ष्य थियो ।

सीमा क्षेत्रमा भएको अवरोधका कारण सो अवधिमा मालवस्तुको सहज आपूर्ती हुन नसक्दा भन्सार विभागको समग्र बार्षिक लक्ष्य नभेटिएको हो । तर विभाग राजस्व संकलनको लक्ष्य नजिक पुग्न सकेको छ ।

चालु आर्थिक बर्षको राजस्वको लक्ष्य हासिल गर्न सफल कार्यलयहरु १४ ओटा रहेका छन् । त्यस्तै राजस्वको लक्ष्य पुरा नभएका भन्सार कार्यालयको संख्या १० ओटा रहेका छन् । सो अवधिमा भैरहवा भन्सार कार्यलयमा ६२ अर्व ७ करोड रुपैयाँ बराबरको राजस्व संकलन भएको छ ।

त्यस्तै वीरगञ्ज रु.५७ अर्व ३२ करोड, रु.२४ अर्व ९२ करोड विराटनगर कार्यालय र त्रिभुवन विमानस्थलमा ११ अर्व ७४ करोड रुपैयाँ बराबरको राजस्व संकलन भएके भन्सार विभागको तथ्यांकमा उल्लेख छ । त्यसैगरी सुख्खा बन्दरगाहमा १७ अर्व १९ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्