Logo

प्रतितोला ३ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि वृद्धि

प्रतितोला ३ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि वृद्धि



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज बढ्दै प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार सोमबार प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज बढ्दै प्रतितोला १४ सय २० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्