Logo

आरबीआईको २४ औं गभर्नरमा पटेल, सेम्टेम्बरबाट कार्यभार सम्हाल्ने

आरबीआईको २४ औं गभर्नरमा पटेल, सेम्टेम्बरबाट कार्यभार सम्हाल्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भारतीय रिजर्व बैंक(आरबीआई)को गभर्नरमा उर्जित पटेल नियुक्त भएका छन् । भारत सरकारले डेपुटी गभर्नर पटेललाई शनिवारको निर्णय अनुसार गभर्नरमा नियुक्त गरेको हो । पटेल रघुराम राजनको कार्यकालमा डेपुटी गभर्नर थिए । उनले डेपुटी गभर्नर सहित मौद्रिक नीति विभाग सम्हालेका थिए ।

भारतमा हालका गभर्नर रघुरामलाई नै निरन्तर दिन वा अन्यलाई बनाउने भन्ने विषयमा बादविवाद नै चलेको थियो । तर रघुरामले नै अर्को कार्याकाल नदोहोर्याउने बताए पछि सरकारले सहज रुपमा अर्को गभर्नर नियुक्ती गरेको हो ।

पटेललाई शनिवार सरकारको नियुक्ती समितिले आरवीआईको गभर्नरका लागि सिफारिस गरेको हो । ५२ वर्षिय पटेलले अव ३ वर्ष आरवीआईको नेतृत्व सम्हालेल्ने छन् ।

पटेललाई अलिहे पनि गभर्नर रघुराम राजनका निकटस्थ मानिँदै अएको छ । उनले आगामी सेप्टेम्बरबाट गभर्नरको कार्यभार सम्हाल्ने भएका छन् ।

पटेलले अमेरिकाको येल युनिभर्सिटीबाट विद्यावारिधी गरेका थिए । भारतीय संचार माध्यमले पटेलको भारतीय अर्थतन्त्रलाई टिकाउनु, मुद्रा स्फीतिलाई अहिलेकै अवस्थामा राख्नुलगायत विभिन्न ५ वटा चुनौती रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL