नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन अक्षरस लागु नभएकोप्रति आपत्ति जनाएको छ । महासंघले संसोधित सार्वजनिक खरिद ऐनले तोकेको प्राब्धान लागु नभएको भन्दै आपत्ति जनाएको हो ।
महासंघले सार्वजनिक खरिद ऐन, २०६३ (पहिलो संशोधन २०७३) को अक्षरस कार्यान्वयनको लागि सरकारस“ग माग समेत गरेको छ । उक्त ऐनको दफा ९(५) मा भएको व्यवस्था अनुसार २ करोड रुपैया“ सम्मको लागत अनुमान भएको निर्माण कार्य खरीदमा कुनै योग्यता आवश्यक नहुने उल्लेख छ । तर, उक्त प्राब्धानअनुसार व्यवहारमा नभएको भन्दै महासंघले नियमको पालना गर्न सरकारसँग माग गरेको हो ।
महासंघले शनिवार विज्ञप्ति जारी गर्दै २ करोड रुपैया“ सम्मको लागत अनुमान भएको निर्माण कार्य खरिदमा कुनै योग्यता तोकिन नहुने प्रावधान लागु गर्न गराउन माग गरेको हो । महासंघका महासचिव रामशरण देउजाले हाल देशका विभिन्न सार्वजनिक निकायहरुले विभिन्न योग्यता तोकी बोलपत्र प्रकाशित गर्न शुरु गरेको बताए । यसले ११ हजार भन्दा बढी साना निर्माण व्यवसायीहरुको हकहितको लागि महासंंघ आन्दोलनमा जान बाध्य हुने अवस्था आएको उनले बताए ।
महासंघले २ करोड रुपैया“सम्म लागत अनुमान भएका निर्माण कार्य खरिदमा कुनै पनि योग्यता निर्धारण नगरिने भनि संसोधनको क्रममा रहेको जानकारी गराउादै यसलाई खरीद नियमावलीमा समेत राख्नुपर्ने माग गरेको छ ।