Logo

आजदेखि नेपालकै ठूलो पार्किङ संरचनामा निःशुल्क पार्किङ सेवा शुरु हुँदैं

आजदेखि नेपालकै ठूलो पार्किङ संरचनामा निःशुल्क पार्किङ सेवा शुरु हुँदैं



काठमाडौं। आजदेखि धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ । काठमाडौँ महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ् निषेध गरेपछि सवारी चालकहरुलाई सहज पार्किङ् स्थल उपलब्ध गराउने क्रममा यो सेवा दिन लागिएको हो ।

गत मंगलबारदेखि न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरेको काठमाडौं महानगरपालिकाले नवनिर्मित धरहरा क्षेत्रमा रहेको पार्किङ भवनबाट पार्किङ सेवा दिने भएको छ। कामपाले उक्त सेवा आज माघ १४ गतेदेखि सर्वसाधारणका लागि निःशुल्करूपमा उपलव्ध गराउन लागेको जनाएको छ।

धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलव्ध हुने भएको हो। कामपाले न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकलाई सहज पार्किङस्थल उपलव्ध गराउने क्रममा उक्त स्थानबाट सेवा दिन लागिएको हो।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डे भन्छन्, “यसअघि काठमाडौं टावर (साविक पुरानो बसपार्क) मा निःशुल्क पार्किङ सेवा उपलव्ध गराइसकिएको छ। सरोकारवालासँगको समन्वयमा आइतबारदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलव्ध गराउन लागेका हौं।”

पाण्डेका अनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलव्ध हुनेछ। शहीदगेटबाट नयाँ सडक जाँदा बायाँपट्टि काठमाडौँ मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिन्छ। गएको दशैंदेखि छठपर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लबहरूसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो। संरचनागत रुपमा यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना हो ।

प्रतिक्रिया दिनुहोस्
MBL