Logo

अर्थशास्त्री स्वर्णिम वाग्ले बने रास्वपाको कार्यवाहक सभापति

अर्थशास्त्री स्वर्णिम वाग्ले बने रास्वपाको कार्यवाहक सभापति



काठमाडौं । अर्थशास्त्रीका रुपमा परिचित स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ । सभापति रवि लामिछाने २ दिनका लागि भारत भ्रमणमा जाने भएपछि वाग्लेलाई उक्त जिम्मेवारी दिइएको हो ।

सभापति लामिछाने माघ १३ र १४ गते भारतमा रहेका नेपाली शुभेच्छुकले आयोजना गरेको कार्यक्रममा भाग लिन भारत जाँदै छन् । शनिबार सभापति लामिछानेले वाग्लेलाई उक्त जिम्मेवारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL