Logo

कृष्णबहादुर महराका छोरा राहुल थुनामा रहने, थुनछेक आदेश सदर

कृष्णबहादुर महराका छोरा राहुल थुनामा रहने, थुनछेक आदेश सदर



काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा थुनामा नै रहने भएका छन् । भेपमार्फत भएको सुन तस्करीको मुद्दामा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको थुनछेक आदेश सदर गरेपछि उनी थुनामा नै रहने भएका हुन् ।

अनुसन्धानका क्रममा पक्राउ उनी जिल्ला अदालत काठमाडौंको आदेशपछि थुनामै रहेका थिए । न्यायाधीश अञ्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको इजलासले जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो ।

राहुलमाथि आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी र संगठित अपराधको अभियोगमा मुद्दा चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्