Logo

सुनील र विकल पौडेललाई ७ दिन थुनामा राखी अनुसन्धान गरिने, विशेष अदालतले दियो अनुमति

सुनील र विकल पौडेललाई ७ दिन थुनामा राखी अनुसन्धान गरिने, विशेष अदालतले दियो अनुमति



काठमाडौं । बुधबार भ्रष्टाचारको अभियोगमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएका विकल पौडेल र सुनिल पौडेल ७ दिन थुनामा बस्ने भएका छन् । विशेष अदालतले उनीहरु दुवैलाई ७ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएपछि उनिहरु थुनामा बस्ने भएका हुन् ।

विशेष अदालतका अध्यक्ष अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरुलाई थुनामा राख्न अनुमती दिएको विशेष अदालतले जानकारी दिएको छ । बुधबार उनिहरुलाई नियन्त्रणमा लिएपनि अख्तियारले बिहीबार मात्रै विशेष अदालतमा उपस्थित गराएको थियो ।

यसअघि नेपाल टेलिकमको प्रवन्ध निर्देशक भईसकेका सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलले सुरक्षण मुद्रण प्रेश खरिदमै घोटाला गरेको आरोप छ । नेपाल टेलिकमका प्रवन्ध निर्देशक सुनिल पौडेललाई छानविन गर्नकै लागि टेलिकमको प्रवन्ध निर्देशकबाट निलम्बन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL