Logo

प्रभु महालक्ष्मीका सीइओ भट्टराइले दिए पदबाट राजीनामा, निमित्तमा आए प्रसाईं

प्रभु महालक्ष्मीका सीइओ भट्टराइले दिए पदबाट राजीनामा, निमित्तमा आए प्रसाईं



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रमेश कुमार भट्टराईले राजीनामा दिएका छन् । साविकको महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट आएका भट्टराई प्रभु इन्स्योरेन्ससँग मर्जरपछि सीइओको जिम्मेवारीमा निरन्तरता पाएका थिए ।

यसअघि उनले पटकपटक संचालक समितिबाट दवाव आएको बताउँदै आएका थिए । केहिदिन अघि मात्रै उनलाई संचालक समितिले स्पष्टिकरण सोधेको थियो । यसअघि उनलाई नेपाल बीमा प्राधिकरणले पनि ऐन विपरित सीइओ नियुक्त गरेको थियो ।

उनले कम्पनीबाट राजिनामा दिएसँगै निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईंले पाएका छन् । यसअघि वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका प्रसाईंलाई सञ्चालक समितिको बुधबारको बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्