Logo

सुनको मूल्य चार दिनदेखि स्थिर, चाँदीको भाउ बढ्यो

सुनको मूल्य चार दिनदेखि स्थिर, चाँदीको भाउ बढ्यो



काठमाडौं । पछिल्लो ४ दिनदेखि लगातार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हप्ताको आईतबारदेखि हालसम्म पनि सुनको मूल्य घटबढ भएको छैन । गत आईतबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुन बुधबार पनि सोही मूल्यमा किनबेच भईरहेको छ ।

बुधबार चाँदीको मूल्य भने केहि उकालो लागेको देखिएको छ । महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले उकालो लाग्दो १३ सय ८० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्