Logo

तराईका धेरै स्थानमा हुस्सु र कुहिरो, काठमाडौंमा भिजिविलिटी पाँच किलोमिटर मात्र

तराईका धेरै स्थानमा हुस्सु र कुहिरो, काठमाडौंमा भिजिविलिटी पाँच किलोमिटर मात्र



काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज ९मंगलबार० दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ । साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध छ ।

बुधबार पनि देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । बिहान ५ः४५ बजे काठमाडौंमा ४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो । विभागका अनुसार तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । काठमाडौंमा बिहान ६ बजेको भिजिविलिटी पाँच किलोमिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL