Logo

पशुपति विकास कोषकी कार्यकारी निर्देशक पुनको नियुक्ति बदर

पशुपति विकास कोषकी कार्यकारी निर्देशक पुनको नियुक्ति बदर



काठमाडौं । पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर भएको छ । आइतबार उच्च अदालत पाटनले भरत मरासिनीले दायर गरेको रिटमा अन्तरिम आदेश दिदै पुनको नियुक्ति बद्र गरेको हो ।

उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको थियो ।

पुन गत पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी थिइन् भने पुस २९ मा मरासिनीले रिट दायर गरेका थिए । नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी वा सचिव सरहको पदमा योग्यता नपुगेकालाई नियुक्त गरेको भन्दै उनको नियुक्ति विवादमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL