Logo

प्रतितोला ४०० रुपैंयाले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ४०० रुपैंयाले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । आज सुन प्रतितोला ४०० रुपैंयाले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ८५० रुपैंयामा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ ५ रुपैयाले घटेर प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३९५ रुपैंयामा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्