Logo

सहकारीमा पैसा डुबेको कारण औषधी उपचारमा पनि समस्या भएको पीडितको गुनासो, रवि भन्छन–पैसा सरकारले तिर्नुपर्छ

सहकारीमा पैसा डुबेको कारण औषधी उपचारमा पनि समस्या भएको पीडितको गुनासो, रवि भन्छन–पैसा सरकारले तिर्नुपर्छ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पीडितहरुको पैसा सरकारले तिर्नुपर्ने बताएका छन् । चितवनमा सहकारी पीडितसँगको अन्तरक्रिया कार्यक्रममा उनले सहकारी खोल्न सरकारले लाइसेन्स दिएपछि सदस्यहरु मर्का पर्दा सरकारले बेवास्ता गर्न नमिल्ने बताए ।

सभापति लामिछानेले आफू ग्यालेक्सी टेलिभिजनमा रहँदा कुनै पनि सहकारीबाट पैसा लिएको कुरा आफूलाई थाहा नभएको भन्दै सहकारी पीडितहरुको पक्षमा आफू रहेको बताए । उनले टेलिभिजनमा रहँदा कार्यक्रम चलाउने, समाचार बनाउने जिम्मेवारी पाएको मान्छे टेलिभिजनको लगानी गर्ने जिम्मेवारी तहमा नभएको र टेलिभिजनमा रहँदा संचालनको लागि कुनै पनि सहकारीबाट पैसा ल्याउने निर्णय पनि नभएको स्पष्ट पारे ।

उनले सवाल चितवनका सहकारी पीडितको मात्र नभइ देशैभरका सहकारी पडितहरुको पक्षमा काम गर्न डा. स्वर्णीम वाग्लेको संयोजकत्वमा समाधान सहितको प्रतिवेदन तयार पारेको जानकारी दिए । करिव २ सयको हाराहारीमा जम्मा भएका सहकारी पीडितहरुले सहकारीमा पैसा डुबेको कारण औषधी उपचारलगायत खान समस्या भएको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्