Logo

हिमालयन रि ले भारतमा पनि व्यवसाय विस्तार गर्ने, पायो एफआरएन नम्बर

हिमालयन रि ले भारतमा पनि व्यवसाय विस्तार गर्ने, पायो एफआरएन नम्बर



काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले अब आफ्नो व्यवसाय भारतमा पनि विस्तार गर्ने भएको छ । भारतीय बीमा नियामक निकाय इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरिटी अफ ईन्डिया (आइआरडीएआइ)ले कम्पनीलाई एफआरएन नम्बर दिएसँगै अब कम्पनीले भारतमा आफ्नो व्यवसाय विस्तार गर्न पाउने भएको हो ।
गत मंगलबार मात्रै भारतीय बीमा नियामक आइआरडीएआइले कम्पनीलाई स्वीकृत प्रदान गरेको थियो । यससँगै कमपनीले ३१ वटा देशमा व्यवसाय विस्तारको अनुमति प्राप्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL