Logo

अरुण भ्यालीले लगानीकर्तालाई भन्यो, ढुक्क हुनुस कम्पनीले राम्रो प्रतिफल दिँदै छ

अरुण भ्यालीले लगानीकर्तालाई भन्यो, ढुक्क हुनुस कम्पनीले राम्रो प्रतिफल दिँदै छ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले आफ्ना लगानीकर्तालाइ ढुक्क भएर बस्न आग्रह गरेको छ । कम्पनीको पोर्टफोलियो राम्रो भएको र आगामी दिनमा राम्रो प्रतिफल दिने भन्दै लगानीकर्तालाई ढुक्क हुन आग्रह गरेको हो ।

हाल कम्पनीसँग ७७ करोड रुपैयाँ सेयर पूँजी रहेको सो कम्पनीको लगानी मात्र ५७ करोड रुपैयाँ रहेको कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानले बताएका छन् । हाल कम्पनीले ३ मेगावाटको पिलुवाखोला आयोजना, २५ मेगावाटको कावेली वि १ आयोजनामा ३५ प्रतिशत स्वामित्व, २ दशमलव ४ मेगावाट क्षमताको रिडीखोला आयोजनामा २० प्रतिशतको स्वामित्व, ८ दशमलव ५ मेगावाट क्षमताको नौगढ गाढ आयोजनामा लगानी गरेको र उक्त लगानी सुरक्षित भएको जानकारी दिएको छ । साथै अरुण भ्याली हाईड्रोपावर कम्पनी नेप्सेमा लिस्टिङ अन्य जलविद्युत कम्पनीहरुसँगको तुलना राम्रो भएको समेत न्यौपानेको दावी छ ।

न्यौपानेका अनुसार हाल अरुण भ्यालीले दिई रहेको मुनाफा यसले निर्माण गरेको पिलुवाखोला साना जलविद्युत आयोजनाबाट प्राप्त आयमा आधारित छ । यसैबाट बचत गरेर तथा सेयरधनीहरुले लगानी गरेको हकप्रद सेयरको पूँजीबाट २५ मेगावाट क्षमताको काबेली बि १ जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । सोे आयोजना आर्थिक वर्ष २०७३/७४ भित्र निर्माण सपन्न हुनेछ । यो आयोजनाले उत्पादन सुरु गरेको हिलो वर्षमा ७४ करोड रुपैयाँ आम्दानी गर्ने भएको छ । सो आयको ३५ प्रतिशत अर्थात २४ करोड रुपैयाँ अरुण भ्यालीका सेयर धनीले प्राप्त गर्नेछन् ।

यसैगरी, कम्पनीले लगानी गरेको जनता बैंकको लाभांशबाट पनि सेयरधनीहरुलाई लाभांश प्राप्त हुनेछ । ‘कम्पनीले लगानी गरेका रिडि हाईडोपावर कम्पनी, रैराङ हाईड्रोपावर कम्पनी लिमिटेडबाट प्राप्त हुने लाभांशबाट आउने मुनाफा समेत जोडदा यो नेपालमा उच्च दरले लाभांश दिने कम्पनी हुनेछ,’ जारी विज्ञप्तीमा भनिएको छ, ‘कम्पनीको भविष्य उज्वल छ । यस्तो कम्पनीको सेयरको वजार भाऊ कति हुने भन्ने निर्णय गर्ने काम त लगानीकर्तामा भर पर्छ ।’

कम्पनी ऐन २०६३ को व्यबस्था अनुसार ३ वर्षसम्म लगातार मुनाफा आर्जन गरी सेयरधनीलाई मुनाफा वितरण गरिरहेका कम्पनीले व्यवसाय बिस्तारका लागी फरदर पव्लिक अफरिंग विधिबाट सेयर निष्काशन गर्न सक्ने व्यबस्था भएको भन्दै सोही अनुरुप निष्काशन गर्न लागिएको जानकारी दिएको छ । यसका लागि कम्पनीको उन्नाइशौ साधारण सभाबाट फरदर पव्लिक अफररिंग विधिबाट सेयर निष्कशन गर्ने प्रस्ताव गरेको समेत कम्पनीले जानकारी दिएको छ । साथै सो रकमबाट कम्पनीले १० मेगावाटको काबेली ३ जलविद्युत आयोजना निर्माणमा लगानी बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL