Logo

दुई करोड नगदसहित कपडा व्यापारी नरेश अग्रवाल पक्राउ, हुण्डी र क्रिप्टो करेन्सीमा संलग्नको आशंका

दुई करोड नगदसहित कपडा व्यापारी नरेश अग्रवाल पक्राउ, हुण्डी र क्रिप्टो करेन्सीमा संलग्नको आशंका



काठमाडौं । राजस्व अनुसन्धान विभागले राजश्व छली गरेको आरोपमा कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ ।

बिहीबार राति क्षेत्रपाटीस्थित उनको निवासमा विभागको टोलीले छापा मारी दुई करोड नगदसहित उनलाई पक्राउ गरेको हो । उनीमाथि हुन्डी र सुन कारोबार गरी राजश्व छली गरेको आरोप छ । अग्रवालको साथबाट दुई हजार अमेरिकी डलर पनि बरामद भएको विभागले जनाएको छ ।

अग्रवाल सुन र हुन्डी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहको विभागका एक अधिकारिले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार अवैध धन्दामा लागेको शंकामा अग्रवाललाई लामो समयदेखि निगरानीमा राखिएको थियो । उनी क्रिप्टोकरेन्सीमा समेत संलग्न रहेको विभागको अनुमान छ । अहिले उनलाई राजस्वको हिरासतमा राखिएको छ ।

* यसअघि तस्विर अन्यथा पर्न गएकाले क्षमा याचनासहित सच्याईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL