Logo

सुपरमार्केटको ठगी धन्दा, अधिक मूल्यमा म्याद सकिएको सामान विक्री

सुपरमार्केटको ठगी धन्दा, अधिक मूल्यमा म्याद सकिएको सामान विक्री


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पछिल्लो समय ठूला सुपरमार्केटहरुले बढी मूल्यमा अखाद्य बस्तुहरु विक्री गरिरहेको भेटिएको छ । विशेषगरी नाम चलेका ठूला सुपरमार्केटले नै म्याद सकिएका बस्तुहरु बजार मूल्यभन्दा बढी रकम तोकेर बेच्ने गरको पाइएको आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार अनुगमनका क्रममा भाटभटेनी सुपरमार्केट, विग मार्ट, भाटभटेनी फुड प्रडक्स, के के मार्ट, मेघा मार्टलगायतका सपिङ सेन्टरले म्याद नाघेका तथा बजार मूल्यभन्दा बढीमा समान विक्री गर्दै आएको भेटिएको छ । भाटभेटेनीले बस्तुको अधिकतम मूल्य नै नलेखी बजार मूल्यभन्दा बढीमा सामान विक्री गर्दै आएको भेटिएको छ । साथै, सुपरमार्केटले अनिवार्य रुपमा डिजिटल विलविजक जारी गुर्नपर्नेमा नियम विपरित हस्तलिखित विजक जारी गर्दै आएको मन्त्रालयले बताएको छ । यसैगरी भाटभटेनी फ्रड प्रोडक्सले म्याद नाधेका बस्तु विक्री गरिरहेको भेटिएकाले उसको गोदाम सिल गरेको छ ।

यसैगरी विगमार्टले पनि म्याद सकिएको बस्तु विक्री गरेको भेटिएपछि अनुगमन खटिएको टोलीले सिल गरिदिएको छ । मूल्य बृद्धि गरी म्याद सकिएको बस्तु बेचेको भन्दै गोदाम शिल गरी विलविजक लिएर उपस्थित हुन दिर्नेशन दिएको छ । अर्को सपिङ सेन्टर के के मार्टले पनि म्याद सकिएको समान विक्री गरेको भन्दै अनुगमन टोलीले उक्त सामान जफत गरेको छ ।

अनुगमनको क्रममा पेट्रोल पम्प, पिउने पानी, दुध, माछामासु विक्री वितरणमा समेत अनिमियतता भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्