Logo

सुनको मूल्य ७ सयले घट्यो, चाँदीको भाउमा पनि गिरावट

सुनको मूल्य ७ सयले घट्यो, चाँदीको भाउमा पनि गिरावट



काठमाडौं । बिहीबार सुन–चाँदीको मूल्यमा गिरावट आएको छ । बिहीबार छापावाला सुनको मूल्य तोलाको ७ सय रुपैयाँले घटेर १ लाख १७ हजार ५ सय रुपैयाँ कायम भएको छ । बुधबार यसको मूल्य तोलाको १ लाख १८ हजार २ सय रुपैयाँ कायम थियो ।

यसैगरी, बिहीबार तेजावी सुनको मूल्य पनि तोलाको ७ सय रुपैयाँले नै घटेको छ । बिहीबार तेजावी सुनको मूल्य १ लाख १६ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार यसको मूल्य तोलाको १ लाख १७ हजार ६ सय ५० रुपैयाँ रहेको थियो ।

बुधबारको तुलनामा बिहीबार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्य तोलाको १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ । बुधबार यसको मूल्य तोलाको १ हजार ४ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्