Logo

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कार्की नियुक्त, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णय

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कार्की नियुक्त, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णय



काठमाडौं । सरकारले नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै आज बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न नेपालको संविधानको धारा १२४ को उपधारा (१) बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिनेसँगै सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा सानीभेरी गाउँपालिका वडा नम्बर ६ रुकुमपश्चिमका किरणबाबु पुनलाई नियुक्त गर्ने निर्णयसमेत आजको मन्त्रिपरिषदको बैठकले गरेको छ ।

नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा रवि मल्ललाई नियुक्त गर्ने निर्णय आजको बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्