Logo

कलर्सका स्मार्टफोनमा स्मार्ट डिल, उपहारसहित मूल्यमा विशेष छुट

कलर्सका स्मार्टफोनमा स्मार्ट डिल, उपहारसहित मूल्यमा विशेष छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कलर्स मोबाइलले आफ्ना केही स्मार्टफोनहरु केही समयका लागि मुल्यमा पनि भारी कटौती गरेको छ । उसले तोकिएका स्मार्टफोन किन्दा पावर ब्याङ्क पनि फ्रीमा दिनेछ । कलर्स इलिट इ १५, इलिट इ २० र कलर्स के ३ स्मार्टफोनहरु केही दिनका लागि सुलभ मुल्यमा उपलब्ध गराएको हो ।

कलर्स मोबाइलले स्मार्ट डिलको घोषणा गर्दै आफ्ना केही चुनिएका स्मार्टफोनहरुको मूल्यमा भारी कटौती गर्दै १० हजार एमएएचको पावर ब्याङ्क समेत प्रदान गर्ने भएको छ ।

स्मार्ट डिल यसवर्ष केही सीमित दिनका लागि सञ्चालन गरिनेछ । तसर्थ, चाडपर्वको आरम्भसँगै स्मार्टफोन किन्ने योजनामा रहेकाहरुका लागि यो सुनौलो अवसर हुने कम्पनीले जनाएको छ ।

कलर्स इ १५स्मार्टफोन १२ हजार ४ सय ९५ रुपैयाँमा उपलब्ध हुनेछ । यसअघि यसको मूल्य १३हजार ९ सय ९५ रुपैयाँ थियो । इ २० स्मार्टफोनको मूल्य १५ हजार ९ सय ९५ रुपैयाँबाट १३ हजार ९ सय ९५ रुपैयाँ कायम गरिएको छ । यसैगरी कलर्स के १७ हजार ४ सय ९५ रुपैयाँ रहेकोमा १५ हजार ९ सय ९५ रुपैयाँमा खरीद गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्