काठमाडौं । भारतमा अगष्ट महिनामा दोश्रो पटक पेट्रोलियम पदार्थको भाउ घटेको । भारतीय आयल निगमले मंगलवारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको भाउ घटाएको हो । पेट्रोलको मूल्यमा लिटरको १ रुपियाँ र डिजेल २ रुपियाँ ले घटेको हो ।
यससँगै भारतमा पेट्रोेलको भाउ प्रतिलिटर ६० रुपियाँमा झरेको छ । यसअघि पेट्रोलको भाउ प्रतिलिटर ६१ रुपियाँ थियो । त्यस्तै डिजेलको मा ५० रुपियाँ २७ पैसा भएको छ । डिजेलको मूल्य प्रतिलिटर ५२ रुपियाँ २७ पैसा थियो ।
यसअघि अगष्ट १ मा पेट्रोलको भाउ १ रुपियाँ ४२ पैसा र डिजेलको २ रुपियाँले घटाएको थियो ।
पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू गरिएकोले भारतमा घट्ने वित्तिकै नेपालमा पनि घट्ने नियम छ । तर सो वीचमा नियम पाँच महिना रोकिएको थियो । यसअघि अगष्टको पहिलो साता पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालमा पनि घटेको थियो ।