Logo

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला १०० रुपैंयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ४०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ८५० रुपैंयामा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ ५ रुपैयाले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४२० रुपैंयामा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्