Logo

बुक बिल्डिङ मार्फत माघ १० गते देखी आईपीओ बिक्री गर्दै रिलायन्स स्पिनिङ, कति तोकियो मूल्य ?

बुक बिल्डिङ मार्फत माघ १० गते देखी आईपीओ बिक्री गर्दै रिलायन्स स्पिनिङ, कति तोकियो मूल्य ?



काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले बुक बिल्डिङ मार्फत आईपीओ जारी गर्ने भएको छ । कम्पनीले माघ १० गतेबाट पहिलो चरणमा संस्थागत लगानीकर्तालाई आईपीओ बिक्री गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत ले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले ४० प्रतिशत (७ लाख ७० हजार ६४० कित्ता) सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बोलकबोल खुला गर्न लागेको हो । बोलकबोलका प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम भएको छ । संस्थागत लगानीकर्ताले सोही परिमार्जित सीमाभित्र रहेर बोलपत्र पेश गर्नुपर्ने छ ।

संस्थागत लगानीकर्ताले बोलपत्र पेश गर्ने अन्तिम मिति माघ १४ गते तोकिएको छ । उक्त मितिको भोलिपल्ट संस्थागत लगानीकर्ताहरुलाई निष्कासित सेयर पूर्णरुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको ‘कट अफ प्राइस’ मूल्य निकालिने छ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । केयर रेटिङ नेपालले कम्पनीलाई समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता केयर एनपी सिंगल ए माइनस इस्युअर रेटिङ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्