Logo

पेट्रोलियम पदार्थको मूल्य घट्यो, केमा कति घट्यो ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, केमा कति घट्यो ?



काठमाडौँ । नेपाल आयल निगमले सोमबार पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

जसअनुसार काठमाडौँमा पेट्रोलको मूल्य १६६ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५६ रुपैयाँ कायम भएको निगमले जनाएको छ । भारतीय आयल निगमले मूल्य घटाएर पठाएकाले नेपालमा पनि घटाइएको निगमले जनाएको छ ।

निगमले भारतीय बजारबाट मूल्य घटबढ भएर आएपछि सोहीअनुसार स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्दै आएको छ । निगमले ग्यास र हवाइ इन्धनको मूल्य भने हाललाई यथावत राखेको छ ।

प्रतिक्रिया दिनुहोस्