Logo

प्रतितोला ६०० रुपैंयाले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ६०० रुपैंयाले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा पुस महिनाको अन्तिम तथा साताको पहिलो कारोबार दिन अर्थात आइतबार सुनको भाउ बढेको छ । उक्त दिन सुन प्रतितोला ६०० रुपैंयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ७५० रुपैंयामा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै उक्त दिन चाँदीको भाउ २० रुपैयाले घटेर प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४०० रुपैंयामा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्