Logo

आजको मौसम : कोशी र गण्डकी प्रदेशमा हिमपात, तराईमा हुस्सु

आजको मौसम : कोशी र गण्डकी प्रदेशमा हिमपात, तराईमा हुस्सु



काठमाडौँ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका केही स्थानमा हुस्सु लागेको छ ।

आज (आइतबार) दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL