Logo

बझाङमा भूकम्पको धक्का, राति स्थानीयहरू खुला चौरमा निस्किए

बझाङमा भूकम्पको धक्का, राति स्थानीयहरू खुला चौरमा निस्किए



काठमाडौं । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्पको गइरहेको छ । सदरमुकाम चैनपुरमा भूकम्पले घरहरू हल्लिएपछि स्थानीयहरू खुला चौरमा आएर फेरि घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL