Logo

नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको यात्रु बस दुर्घटना, मृत्तकको संख्या १२ पुग्यो

नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको यात्रु बस दुर्घटना, मृत्तकको संख्या १२ पुग्यो



काठमाडौं । दाङको भालुवाङमा एक यात्रुबस राप्ती नदीमा खस्दा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार शनिबार बिहान पौने १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो । तर मृत्तकहरूको पहिचान खुल्न सकेको छैन । सबै शव लमही अस्पताल पठाइएको छ ।

दुर्घटनामा घाइते २३ जनालाई उपचारका लागि बुटवल र नेपालगञ्ज पठाइएको छ । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रु बस शुक्रबार राति साढे १० बजेतिर देउखुरीको भालुवाङस्थित राप्ती नदीमा खसेकको हो ।

दुर्घटनामा हालसम्म १२ जनाको मुत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख उज्जवल सिंहले जानकारी दिएका छन् । घटनास्थलबाट डोजरको सयोगमा सात जनाको शव निकालिएको छ । शुरूमा पाँच जनाको शव झिकिएको थियो ।

२३ जना घाइतेहरूलाई तत्कालै भालुवाङ प्रस्तावित अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । बसमा करिब ३५ जना यात्रु सवार रहेको हुनसक्ने प्रहरी प्रमुख सिंहले बताएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन । तर तीव्र गतिले बस पुलबाट खसेको अनुमान प्रहरीले गरेको छ । घटनास्थलमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र भालुवाङका स्थानीय रातभर उद्धारमा जुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL