Logo

प्रधानमन्त्री र चेम्बर पदाधिकारी बीच भेट, निर्यात प्रबद्र्धनमा १० प्रतिशत अनुदान माग

प्रधानमन्त्री र चेम्बर पदाधिकारी बीच भेट, निर्यात प्रबद्र्धनमा १० प्रतिशत अनुदान माग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा खुला तथा उदार अर्थतन्त्रलाई जोड दिने बताएका छन् । ‘सरकारले खुला तथा उदार अर्थतन्त्रको नीति लिएको छ,’ नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँगको भेटमा उनले भने, ‘आगामी दिनमा सरकारले सोही अनुरुप जिनी क्षेत्रको समस्या समाधान गर्ने छ ।’ निजी क्षेत्रले आफ्नो ध्यान आर्थिक विकासमा केन्द्रित गर्नुपर्ने बताउँदै निजी क्षेत्रको विकास विना मुलुकको आर्थिक विकासले गति लिननसक्ने दाहालको भनाइ छ ।

सा भेटमा चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकको पूर्वाधार तथा जलश्रोतको विकासलाई प्राथमिकतामा राख्न अनुरोध गरेका छन् । देशमा तत्काल १ हजार ५ सय मेगावाट विद्युत आवश्यक रहेको बताउँदै मुलुकको निर्यात व्यापार प्रवद्र्धनको लागि दीर्घकालिन, मध्यकालिन र अल्पकालिन नीति बनाउनु पर्ने उनको माग छ । साथै, छिमेकी देश चीन र भारतले निर्यात व्यापार प्रोत्साहनमा दिएको सुविधाबारे उल्लेख गर्दै सोही अनुरुप नेपाली बस्तुहरुको निर्यात अभिवृद्धि गर्न १० प्रतिशत अनुदान दिईनु पर्ने बताए ।

यसैगरी आर्थिक नीतिसँगै सम्बन्धित ऐन कानूनहरु संसदमै रोकिदा आर्थिक विकास अवरुद्ध भएको बताउँदै समय सापेक्ष ऐन कानूनहरुको निर्माण गरेर आर्थिक मार्ग प्रशस्त गर्नुपर्ने चेम्बरको माग छ । छिमेकी राष्ट्र भारतले बस्तु र सेवा सम्बन्धी कर ‘जीएसटी’लागू गर्न गईरहेको सन्दर्भका नेपालको आर्थिक क्षेत्रमा पर्ने प्रभावका सम्वन्धमा गहन अध्ययनहुनु पर्ने भन्दै कारोवार मूल्यलाई मान्यता दिइनु पर्ने, भन्सार दरवन्दी र मूल्य अभिवृद्धि करलाई समय सापेक्ष घटाउन समेत चेम्बरको माग छ ।

देशमा अन्तिरराष्ट्रिय लगानीकर्ताहरु उत्सुक रहेकाले अविलम्व लगानी मैत्री वातावरण बनाउन समेत आग्रह गरेका छन् । साथै विभिन्न देशहरुसँग दोहोरो कर उन्मुक्ती तथा पारवहन सम्झौता आवश्यक भएको जानकारी दिँदै श्रेष्ठले नाकाहरुको पुर्वाधार विकास, भन्सार प्रशाशन सुधार, विमानस्थलको स्तरोन्नती तथा क्षमता विस्तार गर्न समेत अनुरोध गरेका छन् ।

प्रधानमन्त्रीसँगको भेट तथा छलफलमा चेम्वरका वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छा, प्रथम उपाध्यक्ष राजेन्द्र मल्ल, महासचिव कमलेशकुमार अग्रवाल, सचिव सन्तोषकुमार पाण्डे र देवेन्द्रभक्त श्रेष्ठ लगायतका र्यसमिति सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL