Logo

प्रतितोला ३ सयले बढ्यो सुनको मूल्य, चाँदीको भाउ भने घट्यो

प्रतितोला ३ सयले बढ्यो सुनको मूल्य, चाँदीको भाउ भने घट्यो



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य भने ओरालो लागेको छ । महासंघका अनुसार बिहीबार प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घटेर प्रतितोला १४ सय रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्