Logo

क्यानले सन्दीपलाई गर्यो निलम्बन, घरेलु र अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने (पत्रसहित)

क्यानले सन्दीपलाई गर्यो निलम्बन, घरेलु र अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने (पत्रसहित)



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछाने निलम्बन गरेको छ । बलात्कारमा दोषी ठहर सन्दीपलाई अदालतले आठ वर्षको कैद सजाय सुनाएपछि विहिबार क्यानले घरेलु र अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरेको हो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार सन्दीपलाई आठ बर्ष कैद सजाय र ५ लाख क्षतिपूर्ति भराउने आदेश गरेको थियो ।

पीडित गौशाला– २६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीमा यही पुस १३ गते न्यायाधीश ढकालको एकल इजालसले सन्दीपलाई दोषी ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्