Logo

सुनको भाउमा निरन्तर गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा निरन्तर गिरावट, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आजपनि सुनको भाउमा गिरावट आएको छ । बुधबार एक सय रुपैयाँ प्रतितोला घटेको सुन बिहीबार भने ३०० रुपैंयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ७५० रुपैंयामा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ स्थिर रहँदै प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१० रुपैंयामा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL