Logo

आजको मौसम : तराईमा हुस्सुले सडक र हवाई यात्रा प्रभावित हुनसक्ने, बाँकी भू-भागमा मौसम सफा

आजको मौसम : तराईमा हुस्सुले सडक र हवाई यात्रा प्रभावित हुनसक्ने, बाँकी भू-भागमा मौसम सफा



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । अहिले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

तराईका अधिकांश भू–भागहरूमा भने हुस्सु लागेको अवस्था छ । तराई अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बुधबार बाक्लो हुस्सुका कारण हवाई सेवा प्रभावित भएको थियो । चिसोबाट समेत बच्न आवश्यक उपाय अपनाउन विभागको आग्रह छ ।

आज (बिहीबार) दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । राती कोशी र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL