Logo

काठमाडौँबाट धनगढी उडेका श्री र बुद्ध एयरका दुई जहाज डाइभर्ट, सुर्खेतमा अवतरण

काठमाडौँबाट धनगढी उडेका श्री र बुद्ध एयरका दुई जहाज डाइभर्ट, सुर्खेतमा अवतरण



काठमाडौं । काठमाडौंबाट धनगढीका यात्रु लिएर उडेको श्री र बुद्ध एयरका दुई जहाज सुर्खेत विमानस्थलमा अवतरण भएका छन् । बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएपछि बुधबार बिहान काठमाण्डुबाट उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज अवतरण गर्न नसकेपछि डाइभर्ट भएको हो ।

दुवै विमान सुर्खेत विमानस्थलमा अवतरण गरेका छन् । श्री एयरलाइन्सका धनगढी प्रमुख गजेन्द्रबहादुर शाहीले बिहान ९ बजेर ३९ मिनेटमा उडेको जहाजले धनगढीको आकाशमा ४५ मिनेट फन्को हानेको बताए तर मौसम नखुलेपछि सुर्खेत विमानस्थलमा अवतरण गरिएको बताउँदै उनले मौसम खुलेपछि मात्र त्यहाँबाट उड्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL