Logo

सुनको भाउमा सामान्य गिरावट, प्रतितोला १ लाख १८ हजार ५०० मा कारोबार हुँदै

सुनको भाउमा सामान्य गिरावट, प्रतितोला १ लाख १८ हजार ५०० मा कारोबार हुँदै



काठमाडौं । नेपाल िबजारमा आज (बुधबार) सुनको भाउमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला १०० रुपैंयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ९५० रुपैंयामा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ ५ रुपैंयाले घटेर प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१५ रुपैंयामा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्